२०८१ बैशाख २० गते बिहिबार
ट्रेन्डिङ

मेलौलीमा बस दुर्घटना एकको मृत्यु, ३९ घाइते

SansherOnline SansherOnline
सोमबार २५, असार २०८० ०२:३२
मेलौलीमा बस दुर्घटना एकको मृत्यु, ३९ घाइते

बैतडी : बैतडीको मेलौलीमा बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृतकको पहिचान खुलेको छैन् । दुर्घटनामा ३९ जना घाइते रहेको जिल्ला प्रहरी कार्यालय, बैतडीका प्रमुख प्रहरी नायव उपरिक्षक प्रेम शाहीले बताउनुभयो । पञ्चेश्वरको कुलाउदेखि महेन्द्रनगरका लागि छुटेको लु २ ख २०११  नम्बरको बस मेलौली - पञ्चेश्वर सडकखण्ड अन्तर्गत मेलौली नगरपालिका वडा नं ७ स्वाखानी भन्ने स्थानमा दुर्घटनामा परेको हो । 

सोमबार दिउँसो १ बजेतिर बस दुर्घटनामा परेको बताइएको छ । 

दुर्घटनाका बिषयमा थप जानकारी आउन बाँकी रहेको छ प्रहरीले जनाएको छ । घटनामा इलाका प्रहरी कार्यालय पाटनका निरीक्षक कमलप्रसाद चौधरीको कमाण्डमा टोली खटिएको छ । दुर्घटनामा परी घाइते भएका ३९ जनाको उद्धार गरी केशरपुर प्राथमिक स्वास्थ्य केन्द्र मेलौलीमा पुर्याइसकिएको जिल्ला प्रहरी कार्यालयका शाहीले बताउनुभयो । 

बस सडकबाट अन्दाजी डेढ सय मिटर तल खसेर रुखमा अड्किएको छ । बसमा कतिजना सवार थिए भन्ने कुरा अझै एकीन हुन बाँकी छ । 

प्रतिक्रिया