२०८१ बैशाख २० गते बिहिबार
ट्रेन्डिङ

सिगास : जबरजस्तीकरणीमा परेकी बालिकालाई धम्की दिएर बयान फेर्न लगाएको, कर्मचारीको मिलेमतो

SansherOnline SansherOnline
सोमबार २५, असार २०८० ०९:४६
सिगास : जबरजस्तीकरणीमा परेकी बालिकालाई धम्की दिएर बयान फेर्न लगाएको, कर्मचारीको मिलेमतो

बैतडी : बैतडीको सिगास गाउँपालिका १ की १६ वर्षीया बालिकामाथि भएको जबरजस्तीकरणी जस्तो अपराधामा बालिकाको वयान फेर्न लगाएको पिडित पक्षले आरोप लगाएको छ। आर्थिक प्रलोभन र डरधम्की देखाई बयान फेर्न लगाएको पाइएको हो।

गत पौष १५गते राती सिगास गाँपालिका १ की १६ वर्षीय बालिकामाथी आफ्नै काका नाता पर्ने २२ वर्षीय युवकले जबरजस्तीकरणी गरेको आरोप लागेको थियो। त्यसपछि प्रहरीले उनलाई नियन्त्रणमा लिदै मुद्धा चलाएको थियो। सोही क्रममा बालिकाको बयान लिने क्रममा झुटा वायन लिन लगाएको बालिकाका आफन्तले बताएका छन्।

यतिमात्रै होइन बयान फेर्नको लागि जबरजस्तीकरणीको आरोप लागेका २२ वर्षीय युवकका आफन्तले बालिकाका परिवारलाई आर्थिक प्रलोभन देखाएका भोइस रेकर्डसहितको विवरण पुनः अदालतमा पेस गरेका छन्। आर्थिक प्रलोभन र डर त्रास देखाउन खोजेका अडियो तथा भिडियो प्रमाण समेत रहेकाले यी प्रमाणको आधारमा समेत जबरजस्तीकरणी गरेको पुष्टि देखिएको भन्दै बयान फेर्न लगाएको बालिकाका आफन्तले निवेदन समेत पेश गरेका छन्।

यसैगरी नाबालिकको हकमा बयान गर्ने क्रममा बालिकाका आफन्त समेत संलग्न रहनुपर्ने कानुनी व्यवस्था भएपनि आफ्नो उपस्थिति बिना नै बालिकाको बकपत्र गराएको पिडित बालिकाका आफन्तले बताएका छन्। तर बालिकाकाको बकपत्रमा आफन्तको औठा छाप लगाएको पाइएको छ। यस विषयमा बालिकाका बुवाले भने किर्ते छाप लगाएको आरोप लगाएका छन्।

‘बालिकोको बयान लिने क्रममा आफन्तको पनि उपस्थिति हुनुपर्ने रहेछ, तर त्यहाका कर्मचारीहरुले बकपत्रका क्रममा भित्र जान दिइएन, तर बकपत्रमा मेरो औठाछाप लगाएको छ, यो सरासर किर्ते हो, मे यो बकपत्रमा औठाछाप लगाएकै छैन, यो विषयको पनि अनुसन्धानई पिडितको पक्षमा फैसला आउछ भन्नेमा विश्वस्त छु,’ उनले भने।

उनले बयानका क्रममा भएको घटनाक्रमका बारेमा अदालतमा आफ्ना कुरा राख्न दिनुपर्ने माग समेत राखेका छन्।

प्रतिक्रिया