२०८१ बैशाख २० गते बिहिबार
ट्रेन्डिङ

आजदेखि साउने सोमवारको व्रत सुरु

SansherOnline SansherOnline
सोमबार २५, असार २०८० ०८:४६
आजदेखि साउने सोमवारको व्रत सुरु

काठमाडौं : चन्द्रमासअनुसार पहिलो साउने सोमवारको व्रत आजदेखि सुरु भएको छ। सौरमासअनुसार यस वर्ष साउन महिनामा अधिकमास परेको छ।

चन्द्रमासअनुसार दुईवटा सोमवारपछि अधिकमास सुरु हुने नेपाल पञ्चाङ्ग निर्णायक समितिले स्वीकृति दिएको पात्रोमा उल्लेख गरिएको छ।

समितिका सदस्य एवं धर्मशास्त्रविद् प्रा डा देवमणि भट्टराईले गुरु पूर्णिमादेखि जनै पूर्णिमासम्मका सोमवार व्रत लिनुपर्ने कुरा निर्णय सिन्धुलगायत ग्रन्थमा उल्लेख गरिएको बताए ।

साउनको सोमवार शिवालयहरुमा हजारौँ भक्तजनको भीड लाग्ने गर्छ । बैतडीका विभिन्न स्थानमा रहेका मन्दिरहरुमा साउनको महिनाभरी दर्शन गर्नेको भीड लाग्ने गर्दछ । जिल्लाका सिगासधुरा, रौलाकेदार, ग्वाल्लेक केदार, महारुद्र, शिवनाथ, दोगडाकेदार लगायतका धाममा साउनको महिना भक्तजनहरुको भीड लाग्ने गरेको स्थानीयबासिन्दाहरुले बताएका छन् । 

प्रतिक्रिया