२०८१ माघ २४ गते बिहिबार
ट्रेन्डिङ

बैतडी सदरमुकामका अधिकांश मासु पसल छैन्न व्यवस्थित

SansherOnline SansherOnline
आइतबार २४, असार २०८० ०५:०९
बैतडी सदरमुकामका अधिकांश मासु पसल छैन्न व्यवस्थित

बैतडी : जिल्ला सदरमुकामका अधिकांश मासु पसल व्यवस्थित छैन्न । कुखुराको मासु पसल भन्दापनि खसी मासु पसल व्यवस्थित नभएको पाइएको छ । जिल्ला सदरमुकाम दसरथचन्द नगरपालिका भित्र पर्दछ ।

दसरथचन्द नगरपालिका पशु शाखाको आयोजनमा मासु पसल सुधार सम्वन्धि अभिमुखिकरण एवम अन्तरक्रिया कार्यक्रम गरिएको थियो । सो कार्यक्रमका सहभागीहरुले कुखुराको मासु काटने ठाउँभन्दा खसीको मासु काटने ठाउँ व्यवस्थित नभएको कुरा उठाएका थिए ।

नगरपालिकामा २२ मासु पसलमात्र दार्ता भएर संचालन भएका र सो मध्ये चालु आर्थिक वर्षमा १२ मासु पसल व्यवसायीलाई ५० प्रतिशत लागत अनुदानमा सामग्री हस्तान्त्रण गरिएको पशु शाखा प्रमुख ईश्वरी दत्त भट्टले बताउनु भयो ।

पशुशाखाको अभिमुखिकरण कार्यक्रमा बोल्दै  नगर प्रमुख पुस्कर राज जोशीले नगरपालिकाले व्यवसायगर्ने साना व्यवसायिलाई सहयोग गर्दै आएको र अगामी दिनमा पनि सहयोग गरिने बताउनु भयो । प्रमुख जोशीले भन्नु भयो “ पाएको अनुदान सहि ठाउँमा सदपयोग गरियोस । सहि ठाउँमा सदपयोग गरेको नपाइएमा कार्वाही गरिने छ”। 

सदरमुकामा अनुगमन गर्दा एकदुई कुखुरा मासु पसल बाहेक अरु सबै व्यवस्थित रहेको र खसीको मासु पसल अनुगमन गर्दा नभेट्टिएको खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय बैतडीका प्रमुख प्रविण कुमार अधिकारीले बताउनु भयो ।

जिल्ला सदरमुकामा सिमित खसी मासु पसल रहेका र ति पनि व्यवस्थित नभएकाले नगरपालिकाले व्यवस्थित गर्नको लागि आवस्यक सहयोग गर्नुपर्नेमा सरोकारवलाहरुले जोड दिनु भएको थियो ।

सदरमुकामकै मासुपसलको अस्था यस्तो भए गाउघरका मासु पसल झन व्यवस्थित छैनन् । मासुपसल व्यवस्थित गर्न स्थानीयतहले भुमिका खेल्नु पर्ने देखिन्छ । फोहर मासुवाट विभिन्न रोगलाग्ने भएकाले साफा र व्यवस्थित ठाउँमा काटिएको मासुमात्र प्रयोग गर्न चिकित्सकको सुझाव छ ।

प्रतिक्रिया