२०८१ जेठ ०४ गते शुक्रबार
ट्रेन्डिङ

सुदूरपश्चिममा भारी वर्षाको सम्भावना

SansherOnline SansherOnline
आइतबार २४, असार २०८० ०७:३८
सुदूरपश्चिममा भारी वर्षाको सम्भावना

 

काठमाडौं : जल तथा मौसम विज्ञान विभागका अनुसार हाल देशमा मनसुनी वायुको प्रभाव रहेको छ। आज (आइतबार) बिहानसम्म देशभर आंशिक तथा सामान्य बदली रहेको छ। देशका केही ठाउँमा भने हल्कादेखि मध्यम वर्षा भइरहेको छ। 

विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार आइतबार दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। सबै प्रदेशका केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। 

आइतबार दिउँसो लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा मेघगर्जन तथा चट्याङसहित भारी वर्षाको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ। लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा हावा-हुरीको पनि सम्भावना रहेको छ।

महाशाखाका अनुसार आइतबार राति देशभर आंशिकदेखि सामान्य रहनेछ। कोशी प्रदेश सहित देशका तराईका केही स्थानहरुमा तथा बाँकी भू-भागका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी प्रदेशका एक-दुई स्थानमा मेघगर्जन तथा चट्याङसहित भारी वर्षाको समेत सम्भावना रहेको छ।

प्रतिक्रिया