डोटी :विषालु च्याउ खाँदा डोटीमा ११ जना विरामी परेका छन् । जिल्लाको दीपायल सिलगढी नगरपालिका वडा नम्बर ५ इन्द्रचोकका ११ जना विरामी भएका हुन् । जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी उपरीक्षक राजेन्द्र धमला अनुसार विषालु च्याउ खाएर विरामी भएका सबैलाई उपचारका लागि डडेल्धुरा अस्पताल पुगाइएको छ ।
११ जनाकै अहिले डडेल्धुरा अस्पतालमा उपचार भइरहेको अस्पतालले जनाएको छ । ९ जनालाई आज विहान ३ बजे र अन्य २ जनालाई केही समयपछि अस्पताल ल्याइएको थियो । उनीहरूको अवस्था मध्यम छ ।
प्रतिक्रिया