२०८१ जेठ ०४ गते शुक्रबार
ट्रेन्डिङ

सम्पत्ति विवरण नबुझाउने सिगासका जनप्रतिनिधि र कर्मचारीलाई प्रशासनको पत्र

SansherOnline SansherOnline
शनिबार २३, असार २०८० ०९:२३
सम्पत्ति विवरण नबुझाउने सिगासका जनप्रतिनिधि र कर्मचारीलाई प्रशासनको पत्र

बैतडी : जिल्लाको सिगास गाउँपालिकाका जनप्रतिनिधि र कर्मचारीलाई जिल्ला प्रशासन कार्यालयले पत्रचार गरेको छ । आर्थिक वर्ष ०७८÷०८९ को सम्पत्ति विवरण नवुझाएका कर्मचारी र जनप्रतिनिधिलाई राजस्व खातामा जरिवना रकम जम्मा गर्न पत्रचार गरेको हो ।

सम्पत्ति विवरण नवुझाउने र जरिवनामा परेका वडा अध्यक्ष सहित नौ जना वडाका जनप्रतिनिधि, २० जना स्वास्थ्यकर्मी, दुई जना कार्यालय सहयोगी र एक जना शिक्षक रहेका छन् । 

जिल्ला प्रशासनको पत्रअनुसार गाउँपालिकाले पनि यि कर्मचारी र जनप्रतिनीधिहरुलाई असार ३२ गते भित्र जरिवना रकम अख्तियारको राजस्व खातामा बुझाएको भौचर सहित कार्यालयमा सम्पत्ति विवरण बुझाउन गाउँपालिकाले वेबसाइटमा सुचना प्रकाशित गरेको छ । 

 

प्रतिक्रिया