२०८१ जेठ ०४ गते शुक्रबार
ट्रेन्डिङ

दनपाले १० लाख खर्चिएपछि भीटा भीरको बाटो बन्यो आकर्षक,स्थानीय सुरक्षित

SansherOnline SansherOnline
मङ्गलबार १९, असार २०८० १२:३६
दनपाले १० लाख खर्चिएपछि भीटा भीरको बाटो बन्यो आकर्षक,स्थानीय सुरक्षित

बैतडी : बैतडी दशरथचन्द नगरपालिका–४ जर्गस्थित भिटा भीरको बाटो निर्माण गरि रेलिङ लगाइएको छ ।

गाउँका बासिन्दाले दैनिक नियमित सदरमुकाम जाने सो बाटोबाट लडेर केही सयमअघि तीन जनाले ज्यान गुमाएका थिए । अहिले सो बाटो निर्माण भएपछि स्थानीयलाई सहज भएको छ । बाटो निर्माणमा दशरथचन्द नगरपालिकाले १० लाख रकम खर्चिएको हो ।

जर्गस्थित भिटा भीरको बाटोबाट ६ महिनाअघि मात्रै एक स्थानीयको लडेर ज्यान गएको थियो । यसैगरी, पाँच वर्षअघि एक भरियाको ज्यान गएकामा १५ वर्षअघि एक कर्मचारीको कार्यालय जाँदै गर्दा लडेर ज्यान गएको थियो ।

यसअघि समेत कयौं स्थानीयले सोही ठाउँमा लडेर ज्यान गुमाएको बूढापाकाको भनाइ छ । जिल्ला सदरमुकामकै वडामा यस्तो समस्या भएपछि दशरथचन्द नगरपालिका बाटो बनाउन अग्रसर भएको थियो । वडाध्यक्ष भानदेव भट्टले निर्वाचनका बखतसमेत बाटो बनाउने प्रतिबद्धता गरेका थिए । नगरप्रमुख पुष्करराज जोशी लख्खाभाइले अहिले बाटो अधुरै रहे पनि आगामी वर्षमा पूर्णता दिइने बताएका छन् । आफूले पाएको ठेक्काअनुसार परिपक्व काम गरेको उनको भनाइ छ ।

३ सय ५० मिटर लम्बाइ रहेको अप्ठ्यारो भीरको बाटोको अहिले करिब सवा २ सय मिटरमा रेलिङ लगाइएको छ । अझै १ सय ५० मिटरमा रेलिङ लगाएर बाटो पीसीसी गर्न बाँकी रहेको छ । 

प्रतिक्रिया