२०८१ जेठ ०४ गते शुक्रबार
ट्रेन्डिङ

मुस्कान सहितको सेवा हाम्रो प्रतिबद्धता हो : सिगासका हाकिम

SansherOnline SansherOnline
मङ्गलबार १९, असार २०८० १०:२०
मुस्कान सहितको सेवा हाम्रो प्रतिबद्धता हो : सिगासका हाकिम

बैतडी : बैतडीको सिगास गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत घनश्याम बोहराले मुस्कान सहितको सेवामा समर्पित रहेको बताएका छन् । हामी सँगको कुराकानीमा उहाँले आफूहरु मुस्कान सहितको सेवामा समर्पित रहेको बताउनुभएको हो ।

गाउँपालिका भित्र हुने जुनसुकै प्रशासनिक कार्यहरु सेवाग्राही लाइ चुस्त दुरुस्त सेवा दिने उद्देश्य सहित मुस्कान सहितको सेवामा समर्पित रहेको बताएका हुन् । गाउँपालिका भित्र मित्वयी र पक्षपात रहित कार्यान्वयन र सेवा प्रवाहमा कुनै पनि गुनासो नरहने गरी कार्य गर्न सम्पूर्ण विषयगत शाखाका कर्मचारीलाइ आग्रह गरिएको पनि बताउनुभएको छ ।

यस्तै उहाँले जनप्रतिनिधि र कर्मचारी बिच समन्वय हुनुपर्ने, कसैले पनि कर्मचारीको मनोबल गिर्ने गरी कामकाजमा बाधा गर्न नहुने लगायतका विषयहरु महत्वपूर्ण रहेको उहाँको भनाइ छ ।

वैशाख १४ गतेको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको निर्णय अनुसार प्रमुख प्रशासकीय अधिकृत हाजिर नभएसम्मका लागि उहाँलाई निमित्त प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिइएको छ । उहाँ प्रमुख प्रशासकीय अधिकृत भएसँगै गाउँपालिकाको आर्थिक कारोबार देखि अन्य सरकारी सेवामा सहज भइरहेको गाउँपालिकाले जनाएको छ ।

प्रतिक्रिया