२०८१ जेठ ०४ गते शुक्रबार
ट्रेन्डिङ

सुर्नयामा डिजे, कुर्सीकाे बहाना,१६ लाख स्वाहा

SansherOnline SansherOnline
सोमबार १८, असार २०८० ०७:०८
सुर्नयामा डिजे, कुर्सीकाे बहाना,१६ लाख स्वाहा

बैतडी : बैतडीमा असार लागेपछि बजेट सिध्याउने गरी महिला समूहहरुलाई डिजे बाँडिएको भनेर १६ लाख स्वाहा परेपछि चर्को आलोचना भइरहेको छ । 

जिल्लाको सुर्नया गाउँपालिकाले प्रत्येक वडाका महिला समूहहरुलाई डिजे बाँडेको हो । गाउँपालिकाका अध्यक्ष अमरबहादुर कुँवरले पालिकाका प्रत्येक वडामा दुई/दुई लाख रकमका डिजे, कुर्सी लगायतका सामान बाँडिएका बताए । वडाहरुमा वडा सञ्जाल तथा महिला समूहहरु गठन गरिएका र तीनै समूहका महिलाहरुले माग गरेअनुसारै डिजे वितरण गरिएको उनले बताए ।

महिलाहरुले तीज, गौरा पर्वका साथै विवाह, व्रतबन्धका लागि पनि आवश्यक रहेको भन्दै डिजे, कुर्सी माग गरेका उनको भनाइ छ । वितरण गरिएका कुर्सीहरु विभिन्न बैठक, तालिम एवं भेलामा पनि काम लाग्ने उनी बताउँछन् । महिला लक्षित १६ लाखको कार्यक्रम अन्तर्गत वडाका महिला सञ्जाल तथा समूहहरुले माग गरेबमोजिम कुनै वडामा डिजे, कुनैमा कुर्सी, कारपेट लगायतका सामान वितरण गरिएको गाउँपालिका अध्यक्ष कुँवरले बताइन् ।

सुर्नया गाउँपालिकाका ८ ओटै वडामा दुई/दुई लाखका दरले डिजे लगायतका सामान वितरण गरिएका र डिजे, कुर्सीहरु विभिन्न सामाजिक प्रयोजनमा पनि प्रयोग हुने हुँदा यसले फाइदा नै पुग्ने उनको भनाइ छ ।

वडाका महिलाहरुकै मागको आधारमा ती सामान वितरण गरिएकाले यसमा स्थानीयको केही गुनासो नरहेको उनी बताउँछिन् । ‘केही मिडियाकर्मी तथा पत्रकारहरुले नै आलोचना गरे होलान्, उनीहरुलाई नै चित्त बुझेन होला । यता माग गरिएअनुसारै डिजे लगायतका सामान वितरण गरिएका हुन् । कसैले केही भनेका छैनन् । कसैलाई मन नपरेको भन्ने छैन,’ उपाध्यक्ष मन्जु महरा बोहराले भनिन् । 

तीजमा २/३ हजार तिरेर भाडामा डिजे ल्याउँथे, अब आफ्नै डिजे छ, त्यो खर्च बच्यो,’ उनले भनिन्, ‘अब महिलाहरुलाई आफ्ना मनोरञ्जनका कार्यक्रमहरु गर्न पनि सजिलो भयो ।’  

महिला लक्षित कार्यक्रमले महिलाहरुलाई मनोरञ्जनभन्दा पनि सीप तथा क्षमता विकासका साथै आयआर्जनमूलक एवं आत्मनिर्भर बनाउने खालका कार्यमा जोड्न आवश्यक देखिन्छ । महेन्द्रनगर पोष्ट 

 

 

 

प्रतिक्रिया