बैतडी : बैतडीको सिगास गाउँपालिकाको गाँजरीमा नेपाल टेलिकमको नेटवर्कले काम नगर्दा समस्या भएको छ । विगत १ महिना देखि नेटवर्कमा समस्या देखिएको हो ।
बिहान घाम नलागेसम्म र बेलुका घाम अस्ताए सँगै नेटवर्क जाने गरेको एवम् दिउँसो पनि नेटवर्क आउने जाने समस्या हुने गरेको स्थानीयको भनाइ रहेको छ ।
नेटवर्कमा आएको समस्याले बैङ्किङ कारोबार देखि अन्य सरकारी कामकाजमा समस्या भएको कार्यालयले जनाएका छन् ।
प्रतिक्रिया