२०८१ जेठ ०४ गते शुक्रबार
ट्रेन्डिङ

कांग्रेस नेताहरू कुरा गर्नै डराउनुहुन्छ, हाम्रो हिमचिम छैन : ओली

SansherOnline SansherOnline
आइतबार १७, असार २०८० ०७:५४
कांग्रेस नेताहरू कुरा गर्नै डराउनुहुन्छ, हाम्रो हिमचिम छैन : ओली

 

काठमाडौँ : प्रमुख प्रतिपक्षी दल एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकार गठनका विषयमा कांग्रेससँग कुनै कुराकानी नभएको बताएका छन् । संघीय संसद् भवन नयाँ बानेश्वरमा आइतबार पत्रकारहरूसँग कुरा गर्दै ओलीले सत्तारुढ कांग्रेसका शीर्ष नेताहरू एमालेसँग छलफल गर्न डराइरहेको बताए ।

कांग्रेस र एमाले मिलेर सरकार गठन गर्ने चर्चा चलिरहेको छ नि ? भन्ने प्रश्नमा कांग्रेसका नेताहरू कुरा गर्नै डराइरहेको ओलीको जवाफ थियो । 'कांग्रेससँग कुनै हिमचिम छैन । फोनमा पनि कुरा भएको छैन । भेट्दा हाइहेलो मात्रै भइरहेको हो । उहाँहरू खासमा कुरा गर्न पनि डराइरहनुभएको छ,' उनले भने ।

कांग्रेसका नेताहरू अनौपचारिक कुरा गर्न पनि डराउने गरेको ओलीले सुनाए । 'सामान्य भेटघाट हुँदा पनि कसैले हेरिरहेको छ कि झैं गरी यताउति हेर्नुहुन्छ । कुरा नै गर्नुहुन्न,' उनले भने ।

प्रतिक्रिया