बैतडी : देशको व्यवस्था परिवर्तका लागि शसस्त्र द्वन्द्वमा मृत्युवरण गरेका सहित परिवार राज्यको प्राथमिकतामा नपरेको गुनासो आइरहेका बेला बैतडीको डिलाशैनी गाउँपालिकाले भने सहित परिवारलाई मासिक तीन हजार भत्ता दिने गर आर्थिक वर्ष ०८०/०८१ को बजेट पारित गरेको छ ।
स्वतन्त्र युवाहरुले नेतृत्व गरेको गाउँपालिकाले निर्वाचनका जनप्रतिनिधिले गरेका प्रतिवद्धता अनुसार उक्त बजेट ल्याएको हो । अगामी आर्थिक वर्ष ०८०/०८१ को बजेटबाट गाउँपालिकाभित्रका सहिद परिवालाई मासिक भत्ता दिने गरि बजेट विनियोजित गरिएको पालिका अध्यक्ष सन्तोष प्रकास जोशीले बताउनुभयो । उहाँले भन्नुभयो ‘जो व्यवस्था ल्याउनका लागि सहितहरुले प्राण दिए, सोही व्यवस्थाका जनप्रतिनिधि आफुहरु भएकाले सहिदको परिवारलाई भुल्नु हुदैन्, सहिदका परिवारलाई सम्मान र संरक्षण सरकारको दायित्वभित्र पर्नु पर्दछ ।’
गाउँपालिकाले ५७ करोड ३७ लाख १ हजारको बजेट गाउँसभा मार्फत सर्वसम्मत पारित गरेको गाउँपालिकाका प्रवक्ता यज्ञराज बताउनुभयो । सोहि बजेटबाट गाउँपालिकाले सहिदका परिवारलाई मासिक ३ हजारका दरले उपलव्ध गराउने छ ।
गाउँपालिकाले शिक्षातर्फ आगामी आर्थिक बर्षका लागि २४ करोड ३ लाख ४ हजार विनियोजन गरेको छ भने स्वास्थ्यतर्फ २ करोड ५४ लाख बजेट विनियोजन गरेको छ ।
खानेपानी तर्फ १ करोड १८ लाख विनियोजन गरेको र पूर्वाधार विकासतर्फ ५ करोड ९५ लाख बजेट विनियोजन गरेको गाउँपालिकाले जनाएको छ ।
प्रतिक्रिया