बैतडी : बैतडीका स्थानीय तहले वैदेशिक रोजगारीमा जान चाहने नागरिकलाई श्रम स्वीकृति दिन सुरु गरेका छन् । यहाँका दश स्थानीय तहमध्ये दशरथचन्द,पाटन नगरपालिका र शिवनाथ गाउँपालिकाले श्रम स्वीकृति दिन सुरु गरेका हुन् ।
शिवनाथ गाउँपालिकाले वैदेशिक रोजगारीमा जान चाहने नागरिकलाई आजबाट श्रम स्वीकृति दिन थालेको छ ।
यसअघि श्रम मन्त्रालयबाट मात्रै दिइने गरेको श्रम स्वीकृति अब स्थानीय तहबाटै प्रदान गर्न सकिने भएपछि श्रम स्वीकृती दिन थालेको हो ।
गाउँपालिकाले पहिलो पटक मलेसिया जान इच्छुक शिवनाथ गाउँपालिका-४ का सुरेन्द्रसिंह महतालाई श्रम स्वीकृति प्रदान गरेको गाउँपालिका अध्यक्ष कर्णसिंह साउँदले बताए । उनलाई पालिकाको रोजगार सेवाकेन्द्रमार्फत श्रम स्वीकृति प्रदान गरिएको हो ।
यसअघि दशरथचन्द नगरपालिका र पाटन नगरपालिकाले श्रम स्वीकृत दिन थालेको थियो
प्रतिक्रिया