२०८१ जेठ ०४ गते शुक्रबार
ट्रेन्डिङ

दार्चुलाको शैल्य मालिकार्जुन शिखर धाममा आज पुजन जात्रा हुँदै

SansherOnline SansherOnline
आइतबार १७, असार २०८० ०९:३७
दार्चुलाको शैल्य मालिकार्जुन शिखर धाममा आज पुजन जात्रा हुँदै

दार्चुला : दार्चुला जिल्लाको शैल्यशिखर धाम तथा शिखर धुरामा आज पूजन जात्रा लागेको छ । हरेक वर्ष असार शुक्ल चतुर्दशी र कात्तिक शुक्ल त्रयोदशीमा शिखर पूजन जात्रा लाग्ने गर्दछ । असार शुक्ल चतुर्दशीका दिन शिखर धाममा पूजन जात्रा लाग्ने गरेको मालिकार्जुन गाउँपालिकाका उपाध्यक्ष कल्यान सिंह धामीले बताए । यसपाली पनि असार १७ आज आइतबारदेखि सुरु भएको उनले बताए ।

भगवान शिवको साक्षात स्वरुपको रुपमा मालिकार्जुन धाममा पूजाअर्चना गर्ने गरिन्छ । 

दार्चुला जिल्लाको मालिकार्जुन गाउँपालिका र शैल्यशिखर नगरपालिकाको सीमा क्षेत्रमा पर्ने शैल्यशिखर धामको पूजन जात्रा हेर्न सुदूरपश्चिम प्रदेशको दार्चुला, बैतडी, डडेल्धुरा बझाङ कैलाली, कञ्चनपुरलगायत भारतको उत्तराखण्ड धार्चुला डिडिहाट मुन्स्यारी, पिपली, अस्कोट चम्पावत र पिथौरागढबाटसमेत श्रद्धालु भक्तजन आउने गर्छन् । पवित्र मनले शैल्यशिखरको दर्शन गर्नाले पुण्य मिल्ने, खासगरी निःसन्तालाई सन्तान सुख प्राप्त हुने र मनोकामना पूरा हुने जनविश्वास रहेको छ । 

मालिकार्जुन धाममा लाग्ने पूजन जात्राको अवसरमा आज दार्चुलाका दुईओटा स्थानीय तहले सार्वजनिक बिदा दिएका छन् । 

जिल्लाको शैल्यशिखर नगरपालिका र मालिकार्जुन गाउँपालिकाले शैल्यशिखर मालिकार्जुन धाममा पूजन जात्राको अवसरमा सार्वजनिक बिदा दिएका छन् । दुवै पालिकामा रहेका विद्यालय तथा सरकारी कार्यालयहरु आज बन्द रहनेछन् । 

 

प्रतिक्रिया