२०८१ बैशाख १६ गते आइतबार
ट्रेन्डिङ

डडेल्धुराको जोगबुढा अस्पताललाई एम्बुलेन्स हस्तान्तरण

SansherOnline SansherOnline
शनिबार १६, असार २०८० ०९:२१
डडेल्धुराको जोगबुढा अस्पताललाई एम्बुलेन्स हस्तान्तरण

डडेल्धुरा: स्वास्थ्य कार्यालय डडेल्धुराले जोगबुढा अस्पताललाई एम्बुलेन्स हस्तान्तरण गरेको छ।

शनिबार जिल्ला एम्बुलेन्स व्यवस्थापन समिति डडेल्धुराका संयोजक एवं प्रमुख जिल्ला अधिकारी विश्वराज न्यौपानेले परशुराम नगरपालिकाका मेयर भरत बडायर जोशीलाई एम्बुलेन्सको चाबी हस्तान्तरण गरेका हुन्।

नगरप्रमुख जोशीले वडावासीलाई छिटोछरितो उपचार सेवा प्रदान गर्नका लागि एम्बुलेन्स सेवाले सहज हुने बताए।

उनले परशुराम भौगलिक हिसाबले विकट र भूगोल र जनसंख्याको हिसाबले ठूलो नगरपालिका भएकोले एम्बुलेन्सको संख्या बढाउन लबिङ गरिरहेको र प्रदेश सरकारले उपलब्ध गराइदिएकोमा धन्यवाद व्यक्त गरे। उनले एम्बुलेन्सको सही सदुपयोग हुने बताए।

प्रदेश सरकारको आर्थिक सहयोगले स्वास्थ कार्यालय डडेल्धुरा मातहत एम्बुलेन्स हस्तान्तरण गरेको प्रजिअ न्यौपानेले जानकारी दिए।

‘परशुराम नगरपालिका ठूलो क्षेत्र र भौगलिक विकटता भएको क्षेत्र हो। यहाँका पकट क्षेत्रमा समेत यो एम्बुलेन्स सहज रूपमा सञ्चालन हुनेछ, उनले भने, सुविधा सम्पन्न एम्बुलेन्सले त्यो क्षेत्रका नागरिकलाई महत्त्वपूर्ण सेवा उपलब्ध गराउने बाताबरण बन्नेछ।’

प्रतिक्रिया