बैतडी : बैतडीमा भिरबाट लडेर एक महिलाको मृत्यु भएको छ । पाटन नगरपालिका २ जलकुडाकी ४० वर्षीय लक्ष्मी ऐरको सोही वडाको महारुद्र भिरबाट लडेर मृत्यु भएको प्रहरीले जनाएको छ ।
शनिबार दिउँसो साढे ३ बजे घास काट्ने क्रममा लडेर ऐरको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक लोकराज जोशीले जानकारी दिए । ऐर भिरबाट लडेर करिब १० मिटर तल ग्रामिण सडकमा परेकी थिइन् ।
मृतक ऐरका श्रीमान रोजगारीको सिलसिलामा भारतमा रहेका छन् ।
प्रतिक्रिया