२०८१ जेठ ०४ गते शुक्रबार
ट्रेन्डिङ

डोटीमा डुबेर १० बर्षीय बालकको मृत्यु

SansherOnline SansherOnline
शनिबार १६, असार २०८० १०:५७
डोटीमा डुबेर १० बर्षीय बालकको मृत्यु

डोटी : डोटीमा १० वर्षीय बालकको पानीमा डुबेर मृत्यु भएको छ । जिल्लाको दिपायल सिलगढी नगरपालिका–५ गैरागाउँ टोलका अम्मर मलासीका १० वर्षीय छोरा दिपेश मलासीको पानीमा डुबेर मृत्यु भएको हो । 

घरबाट निस्की हराइरहेका दिपेशको खोजी गर्ने क्रममा निर्माणाधिन अवस्थामा रहेको सरुवा रोग नियन्त्रण अस्पतालको पानी जम्मा गर्ने ट्याङकीमा डुबेर उनी मृत फेला परेका  जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ । 

घटनाका बिषयमा  प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया