बैतडी : बैतडीको पुर्चाैडी नगरपालिका १ डाडाकोट घर भएका २३ वर्षीय रोहित जोशी(लायन जोशी)को मोटरसाइकल दुर्घटनामा परी भारतमा मृत्यु भएको छ ।
बहिबार दिउँसो करिब ३ बजेतिर मुम्बैबाट दिल्लितर्फ जादै गरेका जोशीको मोटरसाइकल दुर्घटनामा परी मृत्यु भएको हो । मोटसाइकल पछाडी सवार सवार रहेका जोशीको घटनास्थलमै मृत्यु भएको आफन्तले बताएका छन् ।
जोशी म्युजिकल भिडियोको अडिसनका लागि भारत गएको बुझिएको छ । जोशीले केहि नेपाली गितहरुको भिडियोमा अभिनय गरेका छन् ।
प्रतिक्रिया