२०८१ बैशाख २३ गते आइतबार
ट्रेन्डिङ

सिगासमा हेलो स्वास्थ्य इन्चार्ज कार्यक्रम

SansherOnline SansherOnline
शनिबार १६, असार २०८० ०९:५८
सिगासमा हेलो स्वास्थ्य इन्चार्ज कार्यक्रम

बैतडी : बैतडीको सिगास गाउँपालिकाको निति तथा कार्यक्रममा हेलो स्वास्थ्य इन्चार्ज कार्यक्रम देखि हाम्रो गन्तव्य कुपोषणको अन्त्य सम्मका उत्कृष्ट नारालाइ समावेश गरिएको छ ।

आर्थिक वर्ष २०८० / ८१ को निति तथा कार्यक्रममा स्वास्थ्य क्षेत्र अन्तर्गत “सुरक्षित पानी, स्वच्छ जिन्गानी”, “स्वास्थ्यकर्मीको दिक्षा, विद्यालय स्वास्थ्य शिक्षा”, हेलो स्वास्थ्य इन्चार्ज कार्यक्रम, “हाम्रो गन्तव्य कुपोषणको अन्त्य”, सम्मका उत्कृष्ट नारालाइ समावेश गरिएको स्वास्थ्य शाखा प्रमुख भीम सिह ऐरले बताउनुभयो ।

यस्तै गाउँपालिका भित्र न्युनतम स्वास्थ्य मापदण्डमा आधारभूत स्वास्थ्य सेवा दिइ “स्वस्थ सिगासबासी सम्बृद्ध सिगास” बनाउन आर्थिक वर्ष २०८०/८१ मा स्थानिय स्वास्थ्य तथा सरसफाइ सेवा ऐन ल्याइने उहाँले बताउनुभयो । 

यस्तै आधारभूत स्वास्थ्य सेवा दिन स्वास्थ्य संस्थामा ३६५ दिन नै नि:शुल्क स्वास्थ्य सेवा प्रदान गरिने गरी कार्य अगाडि बढाइने स्वास्थ्य संयोजक ऐेरले बताए ।

प्रतिक्रिया