बैतडी : दलित समुदाय मेलौलीले मेलौली नगरपालिकालाई ज्ञापनपत्र बुझाएको छ । दलित लक्षित कार्यक्रमलाई दलित समुदाय संघसंस्था मार्फत कार्यान्वयन गर्न सञ्जालले मेलौली नगरपालिकाका नगर प्रमुख भीमबहादुर चन्दलाई ज्ञापनपत्र बुझाएको हो ।
दलित लक्षित कार्यक्रमका लागि पालिकाले विनियोजन गरेको बजेट कार्यान्वयन नहुँदा तथा दलित समुदायमा कुनै काम कार्यहरु नहुँदा यसलाई संघसंस्था मार्फत समयमै कार्यान्वयन गर्न नगरपालिकालाई ज्ञापन पत्र बुझाएको दलित सञ्चालका सदस्य दिलिप दयालले बताए ।
प्रतिक्रिया