२०८१ जेठ ०४ गते शुक्रबार
ट्रेन्डिङ

गेटा विश्वविद्यालको गेट अगाडी रोपाई

SansherOnline SansherOnline
शुक्रबार १५, असार २०८० ११:०७
गेटा विश्वविद्यालको गेट अगाडी रोपाई

अत्तरीया : धान दिवसको अवसरमा गेटा विश्वविद्यालको गेट अगाडी धान रोपाई गरिएको छ।

गेटा विश्वविद्यालय संचालन नभएमा बिरोध स्वरुप धान दिवसको अवसरमा आज असार १५ गते शहिद दशरथचन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालको गेटमा धान रोपिएको हो। शहिद दशरथचन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापनार्थ संघर्ष समितिले संघर्षका कार्यक्रम अन्तरगत विश्वविद्यालयको गेट अगाडी धान रोपेको हो।

तत्काल चालु संसदको अधिवेशनबाटै शहिद दशरथचन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक पारीत गरी ६ सय शैय्याको अस्पताल संचालन गर्न दवाव दिन सांकेतिक विरोध स्वरुप गेट अगाडी धान रोपिएको संघर्ष समितिका प्रवक्ता गणेश शाहले बताउनुभयो।

प्रतिक्रिया