२०८१ जेठ ०४ गते शुक्रबार
ट्रेन्डिङ

बैतडीमा अवैध क्लिनिक संचालक पक्राउ

SansherOnline SansherOnline
शुक्रबार १५, असार २०८० १०:५२
बैतडीमा अवैध क्लिनिक संचालक पक्राउ

बैतडी: बैतडीमा अवैध औषधी पसल संचालकलाई प्रहरीले पक्राउ गरेको छ । जिल्लाको पञ्चेश्वर गाउँपालिकामा किल्पनक संञ्चालन गर्दै श्रीमती श्यामा शाहलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

अवैध ठहर गर्दै जिल्ला प्रशासन कार्यालयले गत जेठ दोश्रो साता शिल गरेको क्लिनिक पुनः बिना जानकारी सञ्चालन गरेको पाइएपछि उनलाई नियन्त्रणमा लिएको बैतडी प्रहरीले जनाएको छ । शुक्रबार उनलाई नियन्त्रणमा लिएको र थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीका सूचना अधिकारी योगेश खत्रीले जानकारी दिए ।

पञ्चेश्वर गाउँपालिका स्वास्थ्य साखा संयोजक समेत रहेका राम सागर शाहले अबैध रुपमा बिना अनुमती क्लिनिक सञ्चालन गरीरहेका छन् ।

अबैध रुपमा क्लिनिक सञ्चालन गरेको थाहा पाएपछि जिल्ला प्रशासन कार्यालयले बैतडीले जेठ दोश्रो साता सिल गरेको थियो । तर सिल गरिएको क्लिनिकलाई फेरी पनि स्वास्थ्य साखा प्रमुख शाहकी श्रीमती श्यामा साहले बिरामीलाई जाच्ने र औषधी दिने गरेकोले पक्राउ परेका हुन् ।

प्रतिक्रिया