२०८१ जेठ ०४ गते शुक्रबार
ट्रेन्डिङ

आयल निगमका पूर्वकार्यकारी निर्देशक खड्का दोषी ठहर, एक वर्ष तीन महिना कैद हुने

SansherOnline SansherOnline
शुक्रबार १५, असार २०८० ०९:३२
आयल निगमका पूर्वकार्यकारी निर्देशक खड्का दोषी ठहर, एक वर्ष तीन महिना कैद हुने

काठमाडौं : नेपाल आयल निगमका पूर्वकार्यकारी निर्देशक गोपालबहादुर खड्का भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका छन् । 

गैरकानुनी रूपमा सम्पत्ति आर्जन गरेर भ्रष्टाचार गरेको अभियोगमा उनी विशेष अदालतबाट दोषी ठहर भएका हुन् ।

शुक्रबार न्यायाधीशत्रय श्रीकान्त पौडेल, शालिग्राम कोइराला र खुसीप्रसाद थारूको इजलासले उनलाई दोषी ठहर गरेको हो ।

खड्कालाई एक वर्ष तीन महिना कैद सजाय हुने फैसला भएको छ । अदालतका प्रवक्ता दिपेन्द्र योगीका अनुसार बिगोबमोजिमको ९ करोड ३३ लाख २५ हजार ३१४ रुपैयाँ बराबरको जरिबानाको फैसला भएको छ ।

त्यस्तै, उक्त मुद्दामा प्रतिवादी बनाइएका शर्मिला खड्का र अमिता लामा सोदेम्बाको नाममा रहेको सम्पत्ति अभियोगपत्रम बमोजिम जफत गरिएको योगीले जानकारी दिए ।

प्रतिक्रिया