बैतडी : राष्ट्रिय स्वतन्त्र पार्टीले बैतडीमा संगठन विस्तार अभियान थालेको छ । जिल्लाका १० ओटै स्थानीय तहमा पालिकास्तरीय समिति गठन गर्ने कार्य भइरहेको राष्ट्रिय स्वतन्त्र पार्टीका सुदूरपश्चिम प्रदेश महामन्त्री भोजराज जोशी (क्वालिटी)ले बताए ।
जिल्लाको डिलाशैनीमा यसअघि नै समिति गठन गरिसकेको रास्वपाले शुक्रबार मेलौलीमा समिति गठनसंगै कार्यालय समेत उद्दघाटन गरेको छ । मेलौलीमा अर्जुनदेव भट्ट सभापति रहने गरी ११ सदस्यीय नगरपालिकास्तरीय समिति गठन गरिएको महामन्त्री जोशीले बताए ।
सो समितिको उपसभापतिमा कृष्णदत्त ओझा र सचिवमा मनिदत्त ओझा चयन भएका छन् । यस्तै सदस्यहरुमा दशरथ भट्ट, दामोदर जोशी, नारायणदत्त ओझा, राजसिंह भाट, पदमसिंह बिष्ट, पारस चन्द र ललित दयाल रहेका छन् ।
जिल्लाका अरु पालिकाहरुमा पनि समिति गठन गर्नुका साथै पालिकास्तरीय कार्यालय स्थापना गर्ने कार्यक्रम रहेको महामन्त्री जोशीले बताए । मेलौलीको काँडा बजारमा पार्टीको कार्यालय स्थापना गरेर आज एक कार्यक्रमकाबीच उद्दघाटन गरिएको उनले बताए ।
यस्तै आज नै मेलौली नगरपालिकामा आरएटी टीम समेत गठन गरिएको महामन्त्री जोशीले बताए । १० सदस्यीय टीम गठन गरिएको जोशीले बताए
प्रतिक्रिया