२०८२ बैशाख ०७ गते आइतबार
ट्रेन्डिङ

बैतडीमा ९ हजार हेक्टर जमीनमा धानखेती,७० प्रतिशत रोपाइँ सकियो

SansherOnline SansherOnline
शुक्रबार १५, असार २०८० १०:५१
बैतडीमा ९ हजार हेक्टर जमीनमा धानखेती,७० प्रतिशत रोपाइँ सकियो

बैतडी: बैतडीमा ७० प्रतिशत रोपाइँ सम्पन्न भएको छ। असार १० गते सम्मको तथ्यांक अनुुसार जिल्लामा ७० प्रतिशत रोपाइँ  सम्पन्न भएको हो। कृषि ज्ञान केन्द्र बैतडीले सिँचाइको सुविधा भएको ठाउँमा रोपाइँ सम्पन्न भइसकेको बताएको छ।

बैतडीमा जेठको अन्तिम सातादेखि रोपाइँ गर्न शुरु गरिएको र असारभित्रै रोपाइँ सकिने चन्दले बताए। आकाशे पानीको भरमा रोपाइँ हुने ठाउँमा बर्षा शुरु भएसंगै रोपाइँको चटारो बढेको उनले बताए। 

बैतडीमा ९ हजार हेक्टर जमीनमा धानखेती हुने गरेको छ। धानखेती हुने क्षेत्रमध्ये ४० प्रतिशतमा मात्रै सिँचाइ सुविधा रहेको छ। 

प्रतिक्रिया