२०८१ जेठ ०४ गते शुक्रबार
ट्रेन्डिङ

डडेल्धुरामा झाडापखालाबाट एक बालकको मृत्यु

SansherOnline SansherOnline
शुक्रबार १५, असार २०८० ०९:०८
डडेल्धुरामा झाडापखालाबाट एक बालकको मृत्यु

डडेल्धुरा : डडेल्धुरामा झाडापखालाबाट एक बालकको मृत्यु भएको छ । जिल्लाको परशुराम नगरपालिक ७ पिपलकोटका ९ वर्षीय प्रेम पुनमगरको झाडापखालबाट मृत्यु भएको हो । 

पिपलकोटकै सिद्धनाथमाविमा कक्षा ३ मा अध्ययनरत पुनमगरलाई बुधबारबाट झाडापखाला लागेको थियो । पानी परेर बाटोघाटोको समस्याका समस्या हुँदा समयमा जोगबुडा अस्पताल समेत लग्न नसकिएको स्थानीय नरेन्द्र बोहराले बताए । झाडापखालाबाट प्रेमको बिहीबार मृत्यु भएको बताइएको छ । 

बोहराका अनुसार मृतक प्रेमकै आमा ५३ वर्षीया दिलादेवी पुनमगरलाई पनि झाडापखाला लागेको थियो । उनी स्वास्थ्य केन्द्र मलासमा उपचार गरेर घर फर्किसकेकी छिन् । 

बर्षातका कारण पहिरोले सडक अवरुद्ध भएकाले मलासको पुरै गाउँ सडक सञ्जालबाट अलग्गिएको छ ।

केही दिन अगाडि परशुराम नगरपालिका– ८ गुप्तीगडामा हैजाको कारण १ जना १३ वर्षीया बालिकाको मृत्यु भएको थियो । 

प्रतिक्रिया