२०८१ जेठ ०४ गते शुक्रबार
ट्रेन्डिङ

बझाङबाट काठमाडौंका लागि छुटेको बस दुर्घटना, २५ जना थिए सवार

SansherOnline SansherOnline
शुक्रबार १५, असार २०८० ०८:०३
बझाङबाट काठमाडौंका लागि छुटेको बस दुर्घटना, २५ जना थिए सवार

बझाङ: बझाङबाट काठमाडौंका लागि छुटेको बस कपिलवस्तुको चरोडामा दुर्घटना भएको छ। हिजो छुटेको बस आज बिहानै दुर्घटनामा परेको हो।

प्रहरीका अनुसार ना ६ ख १३३९ नम्बरको बस दुर्घटना भएको हो। सो बस रोडभन्दा करिब ५ मिटर तल पल्टिएर खसेको बताइएको छ।

दुर्घटनामा परि अन्दाजी सवार २५ जनामध्ये ४ जना गम्भीर घाइते भएका छन् भने अरु सामान्य घाइते भएका छन्। अहिले प्रहरीले घाइतेहरुको उद्वार गरि उपचारको लागि लगिरहेको जनाएको छ।

उक्त बसमा भोलि १६ गते हुने सिभिल सब-असिस्टेन्ट इन्जिनियरिङको लोकसेवा आयोगको परिक्षा दिने प्राबिधिक र काठमाडौं जान लागेका थिए। घटनाको थप विवरण आउन सकेको छैन।

प्रतिक्रिया