२०८१ जेठ ०४ गते शुक्रबार
ट्रेन्डिङ

दार्चुलामा बुहारीलाई भागाएर ससुरा फारार

SansherOnline SansherOnline
बिहिबार १४, असार २०८० ०८:३४
दार्चुलामा बुहारीलाई भागाएर ससुरा फारार

बैतडी : दार्चुलाको मार्मामा एक जना पुरुष आफ्नै बुहारी भगाए छन् । मार्मा गाउँपालिका ४ घोडेधारका गोबिन्द विष्टले भतिजाकी श्रीमती लगेर फरार भएको पारिवारिक स्रोतले जनाएको छ ।

सोही ठाउँकी आफ्नै बुहारी नाता पर्ने जयन्ती विष्ट लगेर गोबिन्द दुई हप्ता देखि सम्पर्क विहिन भएका बताइएको छ ।

जेठ २८ गते माइत जान्छु भनेर गएकी श्रीमतीलाई काका लगेर फरार भएका जयन्तीका श्रीमान शंकर विष्टले बताए । ३ वर्ष सम्म विदेशमा कमाएको धनमाल लगेर श्रीमती काका संग भागेर गएकी उनले बताए । घरमा जयन्तीका दुई छोरा छन । श्रीमती भागेर गएपछि छोराहरुको बिच्चली भएको पीडित विष्टले दुखेसो पोखेका छन् । श्रीमती काका संग भागेपछि उनले विलौना पोखेका छन् ।

श्रीमतीको खोजिका लागि दार्चुला प्रहरीमा निवदेन दिएको समेत विष्टले बताए । कसैले देखेमा नेपालको लागि सम्पर्क नम्बर ९८६२५७७२४५र भारतमा ७०३७१४१७५७,९१२९१४३१२२ सम्पर्क गरिदिन आफन्त स्रोतले अनुरोध गरेका छन् ।

प्रतिक्रिया