बैतडी : लैंगिक छनोटका आधारमा भ्रुण हत्या गर्ने प्रवृत्ति अन्त्य गर्न बैतडीको दशरथचन्द नगरपालिकाले पन्चवर्षिय योजना बनाएको छ । लिंग पहिचान गरी छोरी भएमा भ्रुण हत्या गर्ने विभेदपूर्ण व्यवहार अन्त्यका लागि नगरपालिकाले आर्थिक बर्ष २०८०÷०८१ देखी २०८५÷०८६ सम्म लागू हुने गरि सो पन्चवर्षिय योजना निमार्ण गरिएको नगरप्रवक्ता एवं वडा नम्बर ३ का वडाअध्यक्ष अजव पाण्डेयले जानकारी दिए ।
लैङ्गिक विभेद अन्त्य गर्नको लागि ५ वर्षभित्र विभिन्न कार्यक्रम गरिने नगरप्रवक्ता पाण्डेयले बताए ।नगरपालिकामा लिङ्ग पहिचान गरि भूर्ण हत्याका घटना समेत बढ्दै गएको पाइएको छ । नगरपालिकामा बालकको तूलनामा बालिकाको संख्या कम रहेको छ ।
‘छोरा र छोरीबीचको विभेद अन्त्य गर्न बनेका कानुन सामाजिक कानुनभन्दा बलिया छन् तर हाम्रो मानसिकतामा विभेद कायम छ, ‘सामाजिक जागरणमा ध्यान दिँदै महँगो जरिवानासहित कानुन कार्यान्वयन गर्न लागेमा रणनीतिको लक्ष पूरा हुन सक्छ।’
प्रतिक्रिया