बैतडी : बैतडीमा भ्रष्टाचार नियन्त्रणका लागि सचेतनामुलक कार्यक्रम सम्पन्न भएको छ । मंगलबार जिल्ला प्रशासन कार्यालयमा राष्ट्रिय सर्तकता केन्द्रको आयोजना तथा जिल्ला समन्वय समिति बैतडीको सहआयोजनामा भ्रष्टाचार नियन्त्रण हाम्रो साझा दायित्व भन्ने नाराका साथ सचेनामूलक कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा स्थानीय तहका जनप्रतिनिधि प्रमुख प्रशाकीय अधिकृत तथा जिल्ला स्थीत कार्यालयका प्रमुख एवंम प्रतिनिधीको सहभागीता रहेको थियो । भ्रष्टाचार नियन्त्रणमा सम्बद्ध निकायले जिम्मेवार बन्नुपर्नेमा जिल्ला समन्वय समितिका प्रमुख खगेन्द्र सिंह धामीले बताए ।
स्थानीय निकाय र विकासे कार्यालयबाट जनगुनासो बढ्ने गरेका कारण भ्रष्टाचार नियन्त्रणमा सबैले चासो राख्नुपर्ने सहभागिहरुले बताएका थिए ।
प्रतिक्रिया