बैतडी : नेपाली कांग्रेसको युवा संगठन नेपाल तरुण दलको केन्द्रीय तदर्थ समितिमा बैतडीका दुई जना मनोनित भएका छन् । नेपाल तरुण दल बैतडीका अध्यक्ष घनश्याम भट्ट र नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि नरेन्द्र भट्ट नेपाल तरुण दलको केन्द्रीय समिति सदस्यमा मनोनित भएका हुन् ।
विद्वान गुरुङको अध्यक्षतामा गठित तरुण दलको केन्द्रीय तदर्थ समितिको सदस्यमा बैतडीबाट दुईजना सदस्य अटाएका नेपाली कांग्रेस बैतडीका कोषाध्यक्ष चक्रबहादुर चन्दले जानकारी दिए ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले चार सय जनालाई नेपाल तरुण दलको केन्द्रीय तदर्थ समिति सदस्यमा मनोनित गरेका छन् । ती मध्ये सुदूरपश्चिमबाट ३५ जना समितिमा अटाएका छन् ।
सबैभन्दा बढी कैलालीबाट ९ जना केन्द्रीय सदस्यमा मनोनित भएका छन् । यस्तै कञ्चनपुरबाट ३ जना, अछामबाट तीन जना, डोटीबाट ४ जना, बैतडीबाट २ जना, बझाङबाट ४ जना, दार्चुलाबाट २ जना, डडेल्धुराबाट ४ जना र बाजुराबाट ४ जना मनोनित भएका छन् ।
प्रतिक्रिया