२०८१ जेठ ०४ गते शुक्रबार
ट्रेन्डिङ

राष्ट्रिय वृक्षारोपण दिवस बैतडीमा पनि मनाइयो

SansherOnline SansherOnline
बिहिबार १४, असार २०८० १२:०४
राष्ट्रिय वृक्षारोपण दिवस बैतडीमा पनि मनाइयो

बैतडी : राष्ट्रिय वृक्षारोपण दिवस विभिन्न कार्यक्रमका साथ बैतडीमा पनि मनाइएको छ । डिभिजन वन कार्यालय बैतडीको आयोजना र हनुमानध्वज गुल्म बैतडीको समन्वयमा दशरथचन्द नगरपालिका ४ कठपतेमा विभिन्न प्रजातीको बिरुवाहरु रोपेर वृक्षारोपण गरिएको हो ।

दिवसको अवसरमा कठपतेमा कल्की, दालचिनि, टिमुरका करिब ढेडसय बिरुवा रोपिएको डिभिजन वन कार्यालय बैतडीका प्रमुख भीम प्रशाद कंडेलले जानकारी दिए ।  

उक्त कार्यक्रममा प्रमुख अतिथि प्रमुख जिल्ला अधिकारी सुरेश पन्थी रहनु भएको थियो । यसैगरी सुरक्षा निकायका प्रमुख एवं प्रतिनिधि, सामुदायिक वनका प्रतिनिधि स्थानीय तहका जनप्रतिनिधिहरुको हसभागिता रहेको थियो । 

प्रतिक्रिया