बैतडी : बैतडीको दशरथचन्द नगरपालिका भित्र गठित युवाक्लवका पदाधिकारीहरुले ज्ञापन पत्र बुभाएका छन् । सबै वडामा गठित युवाक्लवका पदाधिकारीहरुले विभिन्न माग राख्दै बुधबार नगरपालिकालाई ज्ञापन पत्र बुझाए हुन् ।
विभिन्न माग सहित नगरपालिकालाई ११ बुँदे ज्ञापन पत्र बुझाइएको दशरथचन्द नगरपालिका वडा नं १ स्तरिय रचना युवाक्लवका सचिव उमेश मडुले जानकारी दिए ।
हिंसा तथा हिंसा जन्य गतिविधि विरुद्ध सचेतान मुलक कार्यक्रम सञ्चालन गर्नु पर्ने , गाउँस्तरमा रहेका परम्परागत सीपहरुलाई प्रोत्साहन गर्न विभिन्न तालिम तथा कार्यक्रम सञ्चालन गुर्ने पर्ने , बेरोजगार युवाहरुलाई रोजगारि दिनु पर्ने , मोबाइल , सिलाईकटाइ तालिम सञ्चालन गर्नुे पर्ने लगायतका ११ बुँदे मागहरु अघि सारेर नगरप्रमुख पुष्कर जोशी (लख्खाभाइ) लाई ज्ञापन पत्र बुझाइएको उनले बताए ।
ज्ञापन पत्र बुझदै मेयर जोशीले माग सम्बोधान गर्ने बताएका छन् । युवाहरुका जायज माग प्रति आफु सकारात्मक रहेको भन्दै उनले आवश्यक सहयोग गर्ने बचन दिएका युवाक्लवका पदाधिकारिहरुले बताएका छन् ।
प्रतिक्रिया