२०८१ जेठ ०४ गते शुक्रबार
ट्रेन्डिङ

बैतडीको मेलौलीमा उत्कृष्ट विद्यार्थीलाई प्रोत्साहन

SansherOnline SansherOnline
बुधबार १३, असार २०८० ०८:०९
बैतडीको मेलौलीमा उत्कृष्ट विद्यार्थीलाई प्रोत्साहन

बैतडी : विद्यार्थीलाई पठनपाठनमा प्रोत्साहन गर्ने उद्देश्यले बैतडीको मेलौली नगरपालिकाले भरिका उत्कृष्ट अंक ल्याउने तिन जना विद्यार्थीलाई प्रोत्साहन,नगद सहित प्रमाणपत्र वितरण गरिएको छ ।

आधारभुत शिक्षा कक्षा ८ उत्तिर्ण परिक्षा २०७९ को वार्षिक परीक्षामा वार्षिक परीक्षामा उत्कृष्ट नतिजा प्राप्त गर्ने विद्यार्थीलाई मेलौली नगरपालिको उत्कृष्ट विद्यार्थी प्रोत्साहन कार्यक्रम’अन्तर्गत प्रोत्साहन वितरण गरिएको हो ।कार्यक्रम अन्तर्गत नगरपालिका भित्रका दुईवटा विद्यालय मेलौली नगरपालिका वडा न १ स्थीत शीतलपु मा।वि मा अध्ययनरत दुई जना र मेलौली ६ मा रहेको जगदम्बा मा।वि मा अध्ययनरत एक जना विद्यार्थीहरुलाई प्रोत्साहन नगद कलम डायरी सहित प्रमाणपत्र वितरण गरिएको शिक्षा शाखा प्रमुख मुनु क्षेत्री बताउनुभयो ।

पुुुरस्कृत विद्यार्थीलाई मेलौली नगरपालिकाका प्रमुख भीम बहादुर चन्दले नगद कलम डायरी सहित प्रमाणपत्र वितरण गरेका हुन ।उक्त कार्यक्रममा मेलौली नगरपालिकाका उपप्रमुख पार्वती बोहोरा विष्ट वडा अध्यक्ष कार्यपालिका सदस्य प्रमुख प्रशासकीय अधिकृत सपना कार्की शिक्षा विकास तथा समुन्वय ईकाई बैतडीका प्रमुख नरेन्द्र प्रसाद अवस्थी,सहितको उपस्थीति रहेकोथियो । यसले विद्यार्थीहरूको शैक्षिक विकासमा टेवा पुग्ने बताईएको छ ।

प्रतिक्रिया