२०८१ जेठ ०४ गते शुक्रबार
ट्रेन्डिङ

सिगासका अध्यक्ष धामीको सुदूरपश्चिम सरकार प्रति आपत्ति

SansherOnline SansherOnline
बुधबार १३, असार २०८० ०७:१७
सिगासका अध्यक्ष धामीको सुदूरपश्चिम सरकार प्रति आपत्ति

 

बैतडी : बैतडीको सिगास गाउँपालिका अध्यक्ष हरि सिहं धामीले सुदूरपश्चिम प्रदेश सरकार प्रति आपत्ति जनाएका छन् । आर्थिक वर्ष २०८०/८१ मा प्रदेश सरकारले छुट्याएको बजेटमा गाउँपालिकाले पठाएका एक योजना पनि छनौट नगरेको भन्दै आपत्ति जनाउनुभएको हो ।

सुदूरपश्चिम प्रदेश सरकारले कुल बजेटमध्ये चालुतर्फ ९ अर्ब ५९ करोड ६० लाख अर्थात ३२ दशमलव ७९ प्रतिशत र पुँजीगतर्फ १७ अर्ब २ करोड २३ लाख ६० हजार अर्थात ५८ दशमलव १६ प्रतिशत बराबरको बजेट विनियोजन गरिएकोमा सिगास गाउँपालिकाले सिफारिस गरेका एक योजना पनि छनौट नगरेको सिगास गाउँपालिका अध्यक्ष हरि सिहं धामीले बताउनुभयो ।

१० र ११ गते सम्म सञ्चालन भएको सिगास गाउँपालिकाको दोस्रो गाउँसभाको तेस्रो अधिवेशनमा बोल्दै उहाँले भन्नुभयो “गाउँ कार्यपालिकामा निर्णय गरेर सुदूरपश्चिम प्रदेश सरकारलाइ बिभिन्न आयोजनाको माग गर्यौँ, प्रदेश सरकारले पनि पटक पटक आयोजनाको सूची पठाउनुस् भन्दा हामीले पठायौँ, सिगास गाउँपालिकाले सिफारिस गरेका आयोजना पनि छनौट भएनन्।”

अगाडि थप्दै उहाँले भन्नुभयो “२०७४ सालमा सम्पन्न स्थानीय तहको निर्वाचन र २०७९ मा सम्पन्न स्थानीय तहको निर्वाचनमा जनताको लोकप्रिय मतको साथमा जिते, प्रदेश सरकारले बेलाबखत गाउँपालिकाले सिफारिस गरेका आयोजना छनोट गर्थ्यो, अहिले सुदूरपश्चिम प्रदेश सरकारले व्यक्तिवादी रुपमा कमिसन खाँदै आयोजना छनौट गरिरहेको छ, यस्मा मेरो गम्भीर आपत्ति छ ।”

प्रतिक्रिया