२०८१ माघ २५ गते शुक्रबार
ट्रेन्डिङ

पहिरोका कारण पाटनमा एक विद्यालय भवन जोखिममा

SansherOnline SansherOnline
बुधबार १३, असार २०८० ०१:३४
पहिरोका कारण पाटनमा एक विद्यालय भवन जोखिममा

बैतडी: बैतडीको पाटन नगरपालिका-९ मा रहेको सिद्धेश्वर माविको ३ कोठे भवन पहिरोको जोखिममा परेको छ ।

हिजोअस्तिको लगातारको वर्षाका कारण भवनको आँगन भाँसिएर भवन जोखिममा परेको विद्यालय व्यवस्थापन समिति अध्यक्ष प्रेमसिंह भाटले बताए । भवन पहिरोको जोखिममा परेपछि पठनपाठन प्रभावित भएको छ ।

विद्यालय भवन जोखिममा परेको भन्दै विद्यालय परिवारले आवश्यक सहयोगका लागि सरोकारवाला निकायलाई अनुरोध गरेको छ ।

प्रतिक्रिया