२०८१ माघ २५ गते शुक्रबार
ट्रेन्डिङ

बजारको फोहोर नउठेपछि गोकुलेवासीले नगरपालिकामा फालिदिए

SansherOnline SansherOnline
बुधबार १३, असार २०८० ०९:५०
बजारको फोहोर नउठेपछि गोकुलेवासीले नगरपालिकामा फालिदिए

बैतडी: लामो समयदेखि दार्चुलाको गोकुलेश्वरको फोहोर नउठेपछि स्थानीय आक्रोशित बनेका छन्। पटकपटक आग्रह गर्दा पनि  बजारको फोहोर व्यवस्थापन नभएपछि आक्रोशित  स्थानीयले  शैल्यशिखर नगरपालिकाको परिसरमा फोहोर फालिदिएका छन्।

 गोकुलेश्वर बजार क्षेत्रमा थुप्रिएको फोहोर आफैले सङ्कलन गरी नगरपालिकाका परिसरमा फालेको स्थानीयले जानकारी बताए। स्थानीय तथा व्यापारीहरुले नगरप्रमुखको कार्यालय छेउमा नै लगेर फोहोर फालेका हुन्।

शैल्यशिखर नगरपालिका—९ गोकुलेश्वर बजारबाट निस्किने फोहोर  विगत लामो समयदेखि उठेको  छैन। फोहोरको उचित व्यवस्थापन नगरिदा  बजार क्षेत्र दुर्गन्धित बनेको  छ।  

प्रतिक्रिया