२०८१ माघ २५ गते शुक्रबार
ट्रेन्डिङ

पुर्चौडीमा छोरा भारत भएका बेला बुहारी सुनसहित बेपत्ता, ससुरा पुगे प्रहरीचौकी

SansherOnline SansherOnline
बुधबार १३, असार २०८० ०८:१६
पुर्चौडीमा छोरा भारत भएका बेला बुहारी सुनसहित बेपत्ता, ससुरा पुगे प्रहरीचौकी

बैतडी: बैतडीमा एक महिला डेढ तोला सुन लगेर बेपत्ता भएको भन्दै ससुरा प्रहरी गुहार्न पुगेका छन्। जिल्लाको पुर्चौडी  नगरपालिका-  ६ रपनाका बिमल धानुककी श्रीमती डम्बरा धामी धानुक अस्तिदेखि बेपत्ता भएकी हुन्।

बुहारी १० गते  रातिदेखि  सम्पर्कविहिन भएको उनका ससुरा जनक बहादुर धानुकले जानकारी दिए।  डेढ तोला सुन लगेर बुहारी सम्पर्क विहिन भएकी उनले  बताए। राति  खाना खाएर सुतेकी बुहारी  विहान नभेटिएकी उनको  भनाई  छ। माइती घरमा सम्पर्क गर्दा बुहारी त्यहाँ नआएको बताइएको उनले जानकारी दिए।

छोरा भारत भएका बेला बुहारी सुनसहित लत्ताकपडा लगेर सम्पर्कविहिन भएपछि समस्या भएको ससुराले बताए। उनले खोजीका लागि  ढोल्यामोड प्रहरीचौकीमा  निवदेन समेत दिएका छन्।

प्रतिक्रिया