बैतडी : जिल्ला अस्पताल बैतडीमा भोलि (बुधबार) मानसिक स्वास्थ्य शिविर सञ्चालन हुने भएको छ । असार १३ गते जिल्ला अस्पताल बैतडीमा मानसिक रोग विशेषज्ञ डाक्टर आउने अस्पतालका प्रमुख डा. दिपेश श्रेष्टले बताउनुभयो ।
मानसिक रोग विशेसज्ञ आउने भएकाले सेवा लिन जिल्ला अस्पतालले मानसिक रोगको लक्षण भएका विरामीहरुलाई आग्रह गरेको जिल्ला अस्पताल बैतडीका सूचना अधिकारी चन्द्र सिंह दोबालले बताउनुभयो ।
शिविरमा निशुल्क परीक्षण गरिने बताइएको छ ।
प्रतिक्रिया