२०८१ माघ २५ गते शुक्रबार
ट्रेन्डिङ

डडेल्धुरा–धनगढी बिजुली बस सररर, बान्ता हुने यात्रुलाई एकदमै सहज

SansherOnline SansherOnline
मङ्गलबार १२, असार २०८० ०६:३३
डडेल्धुरा–धनगढी बिजुली बस सररर, बान्ता हुने यात्रुलाई एकदमै सहज

डडेल्धुरा : बुधबारदेखि डडेल्धुरा–धनगढी रुटमा बिजुली बस सेवा सञ्चालनमा आउने भएको छ । डडेल्धुरा–धनगढी–डडेल्धुरा रुटमा भोलिदेखि नियमित रुपमा बिजुली बस सेवा सञ्चालन हुने भएको हो ।

बिजुली बस सेवा प्रालिका अध्यक्ष विजय भट्टका अनुसार भोलिदेखि विहान ८ बजे डडेल्धुराबाट धनगढीसम्म र दिउसो साढे २ बजे अत्तरियाबाट डडेल्धुरा सम्म नियमित रूपमा विद्युतिय माइक्रो बस सञ्चालन हुनेछ ।

‘पडाडी क्षेत्रमा बान्ता हुने समस्या भएका यात्रुलाई एकदमै सहज र पूर्ण रूपमा बान्तारहित भएकाले सेवाको मौका दिनुहुनेछ भन्ने आशा राखेका छौं,’ प्रालिका अध्यक्ष भट्टले भने । बिजुली बस सेवा प्रालिबाट धनगढी–महेन्द्रनगर, धनगढी–टीकापुर र नेपालगञ्जसम्म सेवा प्रदान गर्ने उदेश्य रहेको भट्टले बताएका छन् ।

प्रतिक्रिया