२०८१ माघ २५ गते शुक्रबार
ट्रेन्डिङ

बैतडीको डिलाशैनी कहिले ल्याउछ बजेट ?

SansherOnline SansherOnline
मङ्गलबार १२, असार २०८० ०५:०८
बैतडीको डिलाशैनी कहिले ल्याउछ बजेट ?

 बैतडी : डिलाशैनी  गाउँपालिका बाँहेक यहाँका  चार  नगरपालिका र ५ गाउँपालिकाले अगामी आर्थिक वर्ष २०८०÷८१ को  बजेट ल्याएका हुन् ।

 सरकारी वित्त व्यवस्थापन ऐन र स्थानीय सरकार सञ्चालन ऐनले सबै स्थानीय सरकारले असार १० गतेभित्र नयाँ आर्थिक वर्षको नीति, कार्यक्रम र बजेट आआफ्नो सभामा पेस गर्नुपर्ने कानुनी व्यवस्था छ । तर  डिलाशैनी गाउँपालिकाले नीति तथा कार्यक्रम सभामा पेश गरेको छ भने  बजेट ल्याएको  छैन् ।

गाउँपालिकाले नीति तथा कार्यक्रम सभामा पेश गरेको र असार १५ गते बजेट ल्याउने तयारी गरेको गाउँपालिकाका प्रवक्ता यज्ञराज भट्टले जानकारी दिए । क्षेत्रगत हिसाबले बाँडफाँड गर्नुपर्ने सभामा पेश नगरिएको र अब १५ गते बजेट ल्याइने उनले  बताए ।

 बजेट ल्याएका कतिपय स्थानीय तहहरुले  क्षेत्रगत रुपमा बजेट बाँडफाँड गरिसकेका छन् भने केही स्थानीय तहहरुले डल्लो बजेट ल्याएर असार २५ गतेभित्र बाँडफाँड गरिने  बताएका छन् ।  

प्रतिक्रिया