२०८१ माघ २५ गते शुक्रबार
ट्रेन्डिङ

दार्चुलामा घरबाट सदरमुकाम हिँडेका सम्पर्क विहिन पुरुष मृत फेला

SansherOnline SansherOnline
मङ्गलबार १२, असार २०८० ११:४५
दार्चुलामा घरबाट सदरमुकाम  हिँडेका सम्पर्क विहिन पुरुष मृत फेला

बैतडी ;दार्चुलामा सम्पर्क विहिन पुरुष मृत फेला परेका छन् । जिल्लाको  नौगाड गाउँपालिका –१ रङरङेका  ५२ वर्षिय मानबहादुर बम मृत अवस्थामा फेला परेका हुन् ।

गत ८ गते घरबाट सदरमुकाम खलंगा जान भनेर हिँडेका उनी सम्पर्कबिहीन थिए । खोज्दै जाने क्रममा सोमबार  साझ  नौगाड –२ खलपुजा धारमा बाटोबाट अन्दाजी ७० मिटर तल खसेर मृत्यु भएको अवस्थामा उनि भेटिएका मृतकका भाई लालबहादुर बमले बताए ।

घटना बारे थप अनुसन्धान भैरहेको दार्चुला  प्रहरीले जनाएको छ।

प्रतिक्रिया