२०८१ माघ २५ गते शुक्रबार
ट्रेन्डिङ

बैतडीमा ६ महिनामा ३४ मानव अधिकार उलंघनका घटना

SansherOnline SansherOnline
सोमबार ११, असार २०८० ०८:४५
बैतडीमा ६ महिनामा ३४ मानव अधिकार उलंघनका घटना

बैतडी : गएको ६ महिनामा बैतडी जिल्लामा ३४ वटा मानव अधिकार उलंघनका घटना भएको इन्सेक बैतडीले सार्वजनिक गरेको छ । सोमबार जिल्ला प्रशासन कार्यालय, बैतडीमा आयोजना गरिएको नेपाल मानव अधिकार वर्ष पुस्तक २०२४ को अर्धवार्षिक समिक्षा गोष्ठिमा उक्त तथ्याङ्क सर्वाजनिक गरिएको हो । 

इन्सेकका अनुसार जिल्लामा जनवरी देखी हालसम्म पाँच बालिका बलात्कृत भएका छन् भने एक बालविवाहको घटना भएको छ । यस्तै पाँच महिला पनि  बलात्कृत भएको तथ्याङ्क सार्वजनिक गरिएको छ । एक महिला बहुविवाहबाट पीडित भएका छन् । हत्याका दुई, जातीय विभेदको एक र कुटपीट दुव्र्यवहारका दुई घटना यो छ महिनाको अवधिमा भएको इन्सेक प्रतिनिधि नरी बडुले बताउनुभयो ।

कार्यक्रममा जिल्ला अदालत बैतडीका न्यायाधीष जयानन्द पनेरुले इन्सेकले न्यायिक समितिको काम कारवाहीका बारेमा पनि सुक्ष्म ढंकले मुल्याङ्कन गरि वर्ष पुस्तकमा सार्वजनिक गर्नुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो ‘इन्सेकले मानव अधिकारको क्षेत्रमा वकालत पैरवी गर्दै आएको छ, जसले मानव अधिकारको अवस्थामा समेत सुधार ल्याएको छ, अब इन्सेकले न्यायिक समितिका घटनाहरुको पनि विश्लेषण गर्नु जरुरी छ ।’ 

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीले वर्ष पुस्तकमा आर्थि सामाजिक तथा साँस्कृतिक अधिकारका विषयवस्तुले प्राथमिकता पाउनुपर्ने बताउनुभयो । 

कार्यक्रममा जिल्ला न्यायाधीष जयानन्द पनेरु, प्रमुख जिल्ला अधिकारी सुरेश पन्थी, प्रमुख न्यायाधिवक्त, सशस्त्र प्रहरीका डिएसपी, प्रहरी, कानून व्यवसायी, अधिकारकर्मि लगायत पत्रकारहरुको उपस्थिती रहको थियो । 

प्रतिक्रिया