बैतडी : बैतडीका १० वटा स्थानीय तहहरुमध्ये ९ वटा पालिकाले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गरेका छन्।
संवैधानिक व्यवस्थाअनुसार असार १० गतेभित्र आगामी आर्थिक वर्षको नीति, कार्यक्रम तथा बजेट प्रस्तुत गर्नुपर्ने बाध्यताअनुसार बैतडीका ९ वटा स्थानीय तहहरुले आइतबार नगर तथा गाउँ सभा आयोजना गरि नीति, कार्यक्रम तथा बजेट पेस गरेका हुन्।
दशरथचन्द नगरपालिका
८२ करोड १७ लाख ३८ हजार बराबरको बजेट ल्याएको छ
पाटन नगरपालिका
६३ करोड ५३ लाख ६२ हजार २१० रुपैंया बराबरको बजेट ल्याएको छ ।
पुर्चौंडी नगरपालिका
६४ करोड ५४ लाख ११ हजार बराबरको बजेट ल्याएको छ
मेलौली नगरपालिका
४९ करोड बराबरको बजेट ल्याएको छ ।
दोगडाकेदार गाउँपालिका
५१ करोड ४४ लाख ४० हजार ४ सय बराबरको बजेट ल्याएको छ
सुर्नया गाउँपालिका
४२ करोड ८ लाख ४२ हजार बराबरको बजेट ल्याएको छ ।
सिगास गाउँपालिका
४३ करोड ८२ लाख ३१ हजार ८ सय,बराबरको बजेट ल्याएको छ ।
पञ्चेश्वर गाउँपालिका
३८ करोड ७३ लाख ७२ हजार २ सय बराबरको बजेट ल्याएको छ ।
शिवनाथ गाउँपालिका
३६ करोड ३४ लाख ६७ हजार ९ सय बराबरको बजेट ल्याएका छन् ।
डिलाशैनी गाउँपालिका
नीति तथा कार्यक्रम सभामा पेश गरेको असार १५ गते बजेट ल्याउने तयारी गरेको गाउँपालिकाका प्रवक्ता यज्ञराज भट्टले जानकारी दिए । क्षेत्रगत हिसाबले बाँडफाँड गर्नुपर्ने बाँकी रहेकाले आइतबार सभामा बजेट पेश नगरिएको उनले बताए ।
प्रतिक्रिया