बैतडी : स्थानीयतहले आफ्नो क्षेत्र भित्रका अवैधरुपमा संचालनमा रहेका बालुवा गिट्टी संकलनकर्तालाई कानुनी दायरामा ल्याउनु पर्ने हुन्छ । तर पुर्चौडी नगरपालिका भने नगरपालिका भवन नजिकैको खोलाबाट निर्माण व्यवसायीले अवैधरुपमा बालुवा गिट्टी संकलन गरिरहँदा मुकदर्शक बनेर हेरिरहेको छ ।
कुनै बतावरणीय प्रभाव मुल्यांकन नगरेरै निर्माण व्यवसायीहरुले नगरपालिका नजिकैको रातासेला खडिखेत खोलाबाट अवैधरुपमा बालुवा गिट्टी संकलन गरिरहँदा नगरपालिकाले कार्वाही गर्नको सट्टा झन प्रोत्साहित गरिररहेको जस्तो देखिन्छ ।
खोलाको दुईतिर स्थानीयको घरखेत छ । निर्माण व्यवसायीहरुले घरखेतको कुनैवास्ता नगरी अवैधरुपमा बालुवा गिट्टी संकलन गरिरहेका छन् ।
आफुले निर्माण व्यवसायीहरुलाई बालुवा गिट्टी संकलन नगर्न भनेर फोन गरेको तर अटेरी गरेको पुर्चौडी नगरपालिकाका उपप्रमुख मिना धानुकले बताउनु भयो । यो उनको पन्छीने कुरामात्र हो चाहेपछि उनले त्यो फोन भन्दा पनि खोलामै गएर रोक्न सक्नु हुन्थ्यो ।
पटक पटक बालुवा गिट्टी संकलनको लागि वोलपत्र अह्वान गरेको तर कसैले पनि वोलपत्र खरिद नगरेको नगर प्रमुख दिपक बहादुर वमले बताउनु भयो । ‘अवैध रुपमा बालुवा गिट्टी संकलन रोक्नुत पर्ने हो यहाँ कसैले मान्दैनन्, सबैले निकाली रहेका छन्’ प्रमुख वमले भने ।
यसरी नगरपालिकाले नियमन नगरेर मनपरितरिकाले बालुवा गिट्टसंकलन गर्न दिएमा एकतिर बतावरणमा प्रभाव पर्छ, नगरपालिकाको राजस्व चुहावट हन्छ भने अर्कोतिर स्थानीयको घरखेत बगाएर उठीवास लाग्ने देखिन्छ ।
नगरपालिकाले मनपरितरिकाले निर्माण व्यवसायीहरुलाई अबैध रुपमा बालुवा गिट्टी संकलन गर्दा पनि मुकदर्शक बनेर हेरिरहँदा र प्रमुख उपप्रमुखको भनाई सुन्दा जनप्रतीनिधीहरु र निर्माण व्यवसायीहरुको मिलेमतो भएर यस्तो कार्य भइरहेको जस्तो देखिन्छ ।
प्रतिक्रिया