२०८१ बैशाख २१ गते शुक्रबार
ट्रेन्डिङ

डडेल्धुराको रडुवा खोलामा मिनी ट्रक खस्यो

SansherOnline SansherOnline
सोमबार ११, असार २०८० ०९:२९
डडेल्धुराको रडुवा खोलामा मिनी ट्रक खस्यो

 

डडेल्धुरा : केआइसिंह राजमार्ग अन्तर्गत डडेल्धुराको रडुवा खोलामा मिनी ट्रक खसेको छ । सोमबार बिहान धनगढीदेखि बाजुरा जाँदै गरेको सुपप्र ०१००१ प १८८६ नम्बरको मिनी ट्रक डडेल्धुराको गन्यापधुरा गाउँपालिका–२ रडुवामा दुर्घटना भएको प्रदेश ट्राफिक कार्यालय अत्तरियाले जनाएको छ ।

उक्त ट्रक खाद्यान्न बोकेर बाजुरा जाँदै गरेको थियो । डोटीको जोरायल गाउँपालिका–२ बस्ने २३ वर्षका प्रकाश मल्लले ट्रक चलाइरहेका र उनी सकुशल रहेका प्रहरीले जनाएको छ । दुर्घटनामा मानवीय क्षति भएको छैन् । ट्रक सडकबाट अन्दाजी ५० मिटर तल खोलामा खसेको छ । 

प्रतिक्रिया