२०८१ बैशाख २१ गते शुक्रबार
ट्रेन्डिङ

निरन्तर वर्षा महाकालीसहितका नदिमा बहाव बढ्ने, सतर्क रहन आग्रह

SansherOnline SansherOnline
सोमबार ११, असार २०८० ०९:२५
निरन्तर वर्षा महाकालीसहितका नदिमा बहाव बढ्ने, सतर्क रहन आग्रह

बैतडी : निरन्तर भइरहेको वर्षाका कारण आज नदीहरुमा आकस्मिक बहावको जोखिम रहेको छ। सोमवार बिहानको मापन अनुसार महाकाली, कोशी, कन्काई, नारायणी, कर्णाली, बबई, पश्चिम राप्ती, कमला, बाग्मती, पूर्वी राप्ती र यसका सहायक नदीहरूको बहाव सतर्कता तह भन्दा तलै र सामान्य अवस्थामा रहेको छ।

बाढी पूर्वानुमान महाशाखाका अनुसार आज बैतडी,बाँके, बर्दिया, कैलाली, कन्चनपुर, डडेल्धुरा, रुपन्देही, कपिलवस्तु, दाङ, सुर्खेत, सल्यान, कालिकोट, अछाम, , दार्चुला, डोटी, बझाङ, बाजुरा, दोलखा, सिन्धुपाल्चोक र आसपास भई बहने केही स–साना नदीहरूमा आकस्मिक बहावको जोखिम रहने पूर्वानुमान छ।

उल्लेख्य बढ्ने र केहीमा सतर्कता तह सम्म पुग्न सक्ने पूर्वानुमान रहेकाले महाकालीको तटीय क्षेत्रहरूमा सतर्कता अपनाउन महाशाखाको अनुरोध छ।

प्रतिक्रिया