बैतडी : बैतडीको सिगास गाउँपालिकाले अगामी आर्थिक वर्षको लागी ४३ करोड ८२ लाख बढीको बजेट ल्याएको छ । अगामी आर्थिक वर्ष २०८०÷८१ का लागि सिगास गाउँपालिकाकी उपाध्यक्ष धाना धामीले ४३ करोड ८२ लाख ३१ हजार ८ सय बराबरको बजेट गाउँसभामा पेश गरेकी छिन् ।
चालुतर्फ ३३ करोड ८९ लाख २४ हजार ८ सय र पूँजीगततर्फ तर्फ ९ करोड ९३ लाख ७ हजार बराबरको बजेट विनियोजन गरिएको उपाध्यक्ष धामीले बताइन् ।
गाउँपालिकाले सडक पूर्वाधारलाई प्राथमिकतामा राख्दै नीति तथा कार्यक्रम गाउँसभामा पेश गरेको छ। गाउँपालिका अध्यक्ष हरि सिंह धामीले सडक पुर्वाधारलाई प्राथमिकतामा राख्दै नीति तथा कार्यक्र गाउँसभामा पेश गर्नु भएको हो ।
गाउँपालिका क्षेत्रमा रहेका ग्रामिण सडकहरुलाई बाह्रैमास सञ्चालन हुने तरिकाले सञ्चालन गर्ने र सिगास गाउँपालिका २ स्थित कुर्चीनेटादेखि गाउँपालिकाको केन्द्र गर्जेसम्म सडक निर्माणका लागि पुर्वाधार निर्माण गरिने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।
उत्कृष्ट किसानलाई पुरुस्कारको व्यवस्था गर्ने पनि जनाइ एको छ । गाउँपालिकाको केन्द्र गर्जेमा बैंक स्थापनाका लागि पहल गरिने पनि नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ । सिगास गाउँपालिकामा सञ्चालनको क्रममा रहेको हेलो स्वास्थ्य इन्चार्ज कार्यक्रमलाई निरन्तरता दिने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।
प्रतिक्रिया