बैतडी : बैतडीको पुर्चौडी नगरपालिकाले अगामी वर्षका लागि ६४ करोड ५४ लाख ११ हजार बजेट ल्याएको छ । नगरपालिकाले पूर्वाधार, कृषि, शिक्षा र स्वास्थ्यलाई प्राथमिकतामा राखेर बजेट ल्याएको बताएको छ ।
नगर सभामा आइतबार बजेट प्रस्तुत गर्दै उपप्रमुख मीना धानुकले सामाजिक विकास र सुशासनलाई प्राथमकितामा राखेको बताइन् ।
पुर्चौडी नगरपालिकामा सामाजिक विकास तर्फ ८ करोड ५० लाख, वन बातावरण तथा विपद् व्यवस्थापन तर्फ ५० लाख, सुशासन तथा संस्थागत विकास तर्फ ९ करोड, पूर्वाधार विकासतर्फ ७ करोड र आर्थिक विकास तर्फ एक करोड विनियोजन गरिएको छ ।
प्रतिक्रिया